२०८१ असार ३१ गते | 14th of July 2024

बाढीपहिरोको कारण देखाउँदै तरकारीको मूल्य बढाइयो, गोलभेँडाको मूल्य १२०, प्याजको १०० रुपैयाँ नजिक

बाढीपहिरोको कारण देखाउँदै तरकारीको मूल्य बढाइयो, गोलभेँडाको मूल्य १२०, प्याजको १०० रुपैयाँ नजिक
Sanchar_np प्रकाशित: २०८१ असार २६ गते १२:३१

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १२० रुपैयाँ पुगेको छ। गोलभेँडा सानो लोकलको ५० रुपैयाँ कायम हुँदा प्याज सुकेको भारतीयको मूल्य १०० रुपैयाँ नजिक पुगेको छ। समितिका अनुसार प्याज सुकेको मूल्य ९५ रुपैयाँ पुगेको हो।

अविरल वर्षापछिको बाढी पहिरोलगायतको कारण देखाउँदै तरकारी तथा फलफूलको मूल्य वृद्धि गरिएको छ। जसअनुसार आलु रातोको ६६, काउली स्थानीयको ७०, भन्टा डल्लोको ८०, अनारको ४००, आँप दसहरीको ७० रुपैयाँ कायम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights