२०८१ असार ३१ गते | 14th of July 2024

विपद्बाट भएको क्षतिको विवरण संसदलाई जानकारी गराउन कांग्रेसको माग

विपद्बाट भएको क्षतिको विवरण संसदलाई जानकारी गराउन कांग्रेसको माग
Sanchar_np प्रकाशित: २०८१ असार २६ गते १३:२३

काठमाडौं। नेपाली कांग्रेसले विपद्बाट भएको क्षतिको विवरण संसदलाई जानकारी गराउन सरकारसँग माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण भएको क्षतिको विवरण संसदमा जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।

प्रमुख सचेतक लेखकले सरकारले संसदमा आएर देशभरमा अविरल वर्षाका कारण भएको क्षतिको विवरण प्रस्तुत गर्न माग गरे । उनले वर्षाले देशभर धेरै क्षति पुर्याइसकेको भए पनि हालसम्म सरकारले संसदलाई जानकारी नगराउनु दुःखको विषय भएको बताए ।

प्रमुख सचेतक लेखकले संसद बैठकमा प्रधानमन्त्री तथा मन्त्रीहरू उत्तरदायी नभएको भन्दै सरकारमा रहुन्जेल संसद बैठकमा उपस्थित हुनुपर्ने बताए । उनले विपद्प्रति सरकारको ध्यानाकृष्ट गर्न आग्रह गरे ।

बैठकमा कांग्रेस सांसद एनपी साउदले कञ्चनपुरमा बाढी पहिरोले धेरै क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले विपद् व्यवस्थापनका लागि संघीय सरकारले ध्यान दिनु जरुरी रहेको बताए । उनले स्थानीय तह र विभिन्न संघ–संस्थाहरूले मात्रै विपद् प्रतिकार्य गर्न नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights