२०८१ असार ३१ गते | 14th of July 2024

कांग्रेस–एमालेले विपद्‍मा पनि सरकारलाई काम गर्न दिएनन् – सांसद ढकाल

कांग्रेस–एमालेले विपद्‍मा पनि सरकारलाई काम गर्न दिएनन् – सांसद ढकाल
Sanchar_np प्रकाशित: २०८१ असार २६ गते १४:५७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले कांग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन् ।

नयाँ सरकार आउँदै छ भनेर कांग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरूलाई असहयोग गर भनेर भनेको उनको जिकिर थियो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले भुटानी शरणार्थीको फाइल खोल्ने र दोषीलाई पक्राउ गर्ने काम सरकारले गर्न सुरु गरेपछि नयाँ सत्तासमीकरण बनाएको दाबी गरे ।

सांसद ढकालले भने, ‘हामी आउँदैछौं भनेर कर्मचारीहरूलाई यो विपद्को बेलामा असहयोग गर्न राहत र उद्धार गर्नुपर्ने बेलामा यो विपद्को घडीमा पनि हामी आउँदैछौं असहयोग गर भनेर सिंहदरबारलाई मसानघाट जस्तै बनाइएको छ । यो चाहिँ कुन चरित्र हो ? कुन शैली र संस्कारको राजनीतिको ? यही बिचमा फाइल खोल, फाइल खोलको आवाज गुञ्जायमान हुँदै गर्दा भुटानी शरणार्थीको फाइल खुलेर बेचैन झा समातिने बित्तिकै समीकरणनै फेरबदल किन ? ’

सांसद ढकालले मुलुकलाई बरबाद पार्ने काम ठुला दलहरूले गरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights