२०८१ असार ३१ गते | 14th of July 2024

बाढीमा ज्यान गुमाएका तीन किशोरीको सामूहिक दाहसंस्कार

बाढीमा ज्यान गुमाएका तीन किशोरीको सामूहिक दाहसंस्कार
Sanchar_np प्रकाशित: २०८१ असार २६ गते १६:५६

कञ्चनपुर। बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ।

आज तीनैजनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए।

‘पोष्टमार्टमपछि आज दाहसंस्कार गरिएको छ। पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल भइरहेको छ,’ वडाध्यक्ष रोकायाले भने।

सोमबार दिउँसो पुनर्वास नगरपालिका–५ गाउँका १६ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १३ वर्षीय आरती बोगटीको रातोखालीस्थित डुबानमा परेर निधन भएको थियो।

दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी रहेका थिए। उनले पीडित परिवारलाई भेटेर संवेदना प्रकट गर्दै सान्त्वना दिए। त्यस क्रममा मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights