२०८१ असार ३१ गते | 14th of July 2024

डल्ले च्याउको भाउ एक दिनमै ५६ रुपैयाँ बढ्यो, अरु तरकारीको मूल्य कति?

डल्ले च्याउको भाउ एक दिनमै ५६ रुपैयाँ बढ्यो, अरु तरकारीको मूल्य कति?
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते ११:०६

काठमाडौं। आज धेरैजसो तरकारीको मूल्य बढेको छ।

कालीमाटीमा आज आजु, प्याज, गोलभेँडा, डल्ले च्याउ, बोडी लगायतका तरकारीको मूल्य अरु तरकारीको दाँजोमा निकै बढेको छ। आज कालीमाटीमा भारतीय ठूलो गोलभेँडाको मूल्य ११० रुपैयाँ छ।
त्यसैगरी सानो लोकल गोलभेँडाको मूल्य आज ४० रुपैयाँ छ भने सबैभन्दा सस्तो तरकारी बन्दाको मूल्य ३० पुगेको छ।

त्यसैगरी रातो आलुको मूल्य ६६ रुपैयाँ पुगेको छ भने डल्ले भन्टाको मूल्य ७५ पुगेको समितिले जनाएको छ। त्यसैगरी सुकेको भारतीय प्याजको मूल्य ९३ रुपैयाँ छ।

आज कालीमाटीमा डल्ले च्याउको मूल्य अकासिएको छ। डल्ले च्याउको मूल्य ३८२ पुग्दा कन्य च्याउको मूल्य १८६ छ। हिजो कालीमाटीमा डल्ले च्याउको मूल्य ३२६ थियो। आज एकै दिनमा डल्ले च्याउको मूल्य ५६ रुपैयाँ बढेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights