२०८१ असार ३१ गते | 14th of July 2024

सुनको भाउ स्थिर, चाँदीको घट्यो

सुनको भाउ स्थिर, चाँदीको घट्यो
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते ११:५२

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ। मङ्गलबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलबार चाँदी प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। मङ्गलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights