२०८१ असार ३१ गते | 14th of July 2024

अविरल वर्षा हुँदा भोजपुरमा मध्यपहाडी लोकमार्ग भासियो

अविरल वर्षा हुँदा भोजपुरमा मध्यपहाडी लोकमार्ग भासियो
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते १२:१५

भोजपुर। अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ।

भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताए। उक्त स्थानमा आज बिहान सडक भासिएको हो।

’वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ,’ उपाध्यक्ष राईले भनिन्,’सडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights