२०८१ असार ३१ गते | 14th of July 2024

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते १२:४६

रोल्पा। रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

रुन्टीगढी गाउँपालिका स्यालास्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा गएराति रा १ ख २१३९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका – ६ निगालपानीका ३२ बर्षीय महेश थापाको मृत्यु भएको हो।

प्रहरीका अनुसार उकालो बाटोमा ट्रक मोड्न खोज्दा अचानक ब्याक हुन गइ ६५ मिटर तल खस्न पुगेको हो।

दुर्घटनामा ८ वर्षीय बालक सुजन रावत घाइते छन्। उनको टाउको र ढाडमा चोट रहेपनि अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights