२०८१ असार ३१ गते | 14th of July 2024

बलान नदीको तटबन्धमा कटान सुरु, ७ सय परिवार जोखिममा

बलान नदीको तटबन्धमा कटान सुरु, ७ सय परिवार जोखिममा
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते १३:१०

सप्तरी। निरन्तरको वर्षापछि सप्तरीको बलान नदीमा पानीको सतह बढेको छ। अत्यधिक बहावका कारण बलान नदीको तटबन्धमा कटान सुरु भएको छ।

बलान—बिहुलगाउँपालिका—४ बेल्हीमा बलान नदीको पूर्वी तटबन्धमा कटान लागेको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए।

उनका अनुसार अहिले २ सय मिटरसम्मको लम्बाइमा कटान भएको छ।

अहिले कटान भइरहेको स्थानमा तटबन्ध भत्किए ७ सय परिवारको उठिवास हुने अध्यक्ष यादवले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights