२०८१ असार ३१ गते | 14th of July 2024

३१ दिनमा बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

३१ दिनमा बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते
,>"@2G 2.M( #G6*A0 M7G$M0 8A(80@, hk 8>0 A0A5> K2>.> K ,>"@2G 2.M( -K 8A(80@K (0A5>j 8M%?$ #G6*A0 M7G$M0 d 5?02 50M7>*? ,A',>0 A0A5> K2>.> K ,>"@2G /9>K (@5( *M0->5?$ ,(GK d $8M,?0 (5@( !M$L2>÷ 0>88
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते १३:१७

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर एक सय ६ जना घाइते भएका छन्। हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उनले जानकारी दिए। घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन्।

यो अवधिमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायाको क्षति भएको छ। यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए। वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन्। बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ।

मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ। यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन्। उक्त घटनामा १० करोड ७० लाख ४० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights