२०८१ असार ३१ गते | 14th of July 2024

रास्वपालक्षित विश्वप्रकाशको टिप्पणीः आलोचना गर्दैमा कांग्रेसले पार्टीबाट निष्काशन गर्दैन

रास्वपालक्षित विश्वप्रकाशको टिप्पणीः आलोचना गर्दैमा कांग्रेसले पार्टीबाट निष्काशन गर्दैन
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते १४:१०

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया जनाएका छन्।

रास्वपाले महामन्त्री रहेका डा. मुकुल ढकाललाई पार्टीबाटै निष्काशन गरेपछि महामन्त्री शर्माले आलोचना गर्दैमा पार्टीबाट निष्काशन गर्न नहुने बताए।

सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै महामन्त्री शर्माले कांग्रेस अहिले राम्रोसँग चल्न नसकेको बताउँदै बलियो र विजयी बन्ने ढंगले चल्ने पार्टी बनाउनुपर्ने बताए। साथै सत्य बोल्दा पार्टीले कारबाही नहुने भन्दै रास्वपाप्रति व्यंग्य समेत गरे।

‘कांग्रेस राम्रोसँग चलेको छैन। बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ। यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन!
प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखी यो समयसम्म कांग्रेस जीवन्त छ। रहिरहनेछ। रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी,’ महामन्त्री शर्माले भनेका छन्।

विभिन्न ३८ जिल्ला पुगेर मुकुलले तयार पारेको प्रतिवेदन लगायतका विषयलार्ई लिएर रास्वपाले उनलाई निष्काशन गरेको छ। उनले सो प्रतिवेदनमा ग्रास रुटसम्म पुगेर पार्टीको वास्तविक अवस्थाबारे तथ्य ल्याएको दाबी गरेका छन्। सार्वजनिक ३३ पृष्ठको प्रतिवेदनमा मुकुलले अन्य दलहरुसँग रास्वपाले कसरी मिल्दा पार्टीलार्ई मिलेको लाभहानीका विषयमा समेत उल्लेख गरेका छन्। सोही विषयलाई लिएर रास्वपाले उनलाई साधारण सदस्य रहने तर महामन्त्री, प्रवक्ता र केन्द्रीय कमिटीबाट निष्काशन गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights