२०८१ असार ३१ गते | 14th of July 2024

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई एमालेको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई एमालेको ह्वीप
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते १४:२४

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले असार २८ गते शुक्रबार संसद् बैठकमा अनिवार्य उपस्थित भइ प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको जानकारी दिए।

असार २८ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिँदैछन्।

सत्ता साझेदार दल नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन्।

सरकारमा सामेल ८ मन्त्रीहरुले सामूहिक राजीनामा दिँदै गत असार २० गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

कांग्रेस–एमाले मिलेर नयाँ समीकरण अनुसार सरकार बनाउने भएसँगै एमाले सरकारबाट बाहिरिएको हो। प्रधानमन्त्रीले संसद्मा विश्वासको मत फेस गरेपछि कांग्रेस–एमाले मिलेर नयाँ सरकार बनाउने तयारीमा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights