२०८१ असार ३१ गते | 14th of July 2024

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते १५:१०

काठमाडौं। नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो।

पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ घर भएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन्।

उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको अनुसन्धानबाट खुल्न आएको छ। साथै प्रहरीले उक्त गेष्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्दार गरेको छ।

उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights