२०८१ असार ३१ गते | 14th of July 2024

बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग कांग्रेसको माग

बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग कांग्रेसको माग
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते १५:११

काठमाडौं। नेपाली कांग्रेसले अविरल वर्षापछि आएको बाढीपहिरो लगायत प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार र राहतमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै उद्धार र राहतको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरेका हुन्।

‘यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न नेपाली कांग्रेस आग्रह गर्दछ। सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ।

त्यस्तै बाढी पहिरोबाट प्रभावित जिल्लाका पार्टी, भ्रातृ तथा सुभेच्छुक संस्थाहरुलाई उद्धार र राहतमा जुट्न समेत निर्देशन दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights