२०८१ असार ३१ गते | 14th of July 2024

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप
Sanchar_np प्रकाशित: २०८१ असार २७ गते १७:१८

काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । २८ असारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारी गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । सत्ता साझेदार दल मध्येको प्रमुख पार्टी नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights