२०८१ असार ३१ गते | 14th of July 2024

बारामा बस दुर्घटना हुँदा ७ जना घाइते

बारामा बस दुर्घटना हुँदा ७ जना घाइते
Sanchar_np प्रकाशित: २०८१ असार २८ गते १४:३७

काठमाडौं। बाराको पूर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । बिहीबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो ।

केही बेर अगाडि सवारी दुर्घटना हुँदा ७ जना घाइते बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।उनका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका निम्ति सिमरा अस्पतालमा पठाइएको छ भने घाइतेहरूको पहिचान अझैसम्म खुल्न सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights