२०८१ असार ३१ गते | 14th of July 2024

सगरमाथा टेलिभिजनको १७ औं वार्षिकोत्सव सप्पन्न

सगरमाथा टेलिभिजनको १७ औं वार्षिकोत्सव सप्पन्न
Sanchar_np प्रकाशित: २०८१ असार २८ गते १८:३५

काठ्माडौं। सगरमाथा टेलिभिजनको १७ औं वार्षिकोत्सव सप्पन्न भएको छ । आज बिहिबार एक कार्यक्रमकाबीच सगरमाथा टेलिभिजनको १७ औं वार्षिकोत्सव सम्पन्न भएको हो ।

नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन आजबाट १७ औं वर्ष पार गरि १८ औं वर्षमा प्रवेश गरेको हो । कार्यक्रममा बोल्दै टेलिभिनका अध्यक्ष निर्मल गुरुङले टेलिभिजनले अनेकौं चुनौतीको सामना गर्दै नेपाल राष्ट्रको सार्वभौम, अखण्डता र राष्ट्रियतालाई समर्थन गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारीबाट सगरमाथा टेलिभिजन कहिले नचुकेको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले भने “अनेकौं चुनौतीहरूलाई सामना गर्दै नेपाल र नेपालीको शिर उच्च गर्न हरहमेसा तत्पर रहिआएको सगरमाथा टेलिभिजन तन्नेरी युवा भइसकेको छ । दलीय संकीर्णता र सञ्चार उद्योगका नाममा अनेकौं धन्दाले टाउको ठाडो गरिरहेको विषम परिस्थितिमा पनि नेपाल राष्ट्रको सार्वभौम, अखण्डता र राष्ट्रियतालाई सधैँ समर्थन गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारीबाट सगरमाथा टेलिभिजन कहिले चुकेको छैन । विभिन्न स्वार्थपरक व्यक्तिको अभीष्ट पूरा गर्न विद्युतीय सञ्चार माध्यमहरू उद्दत नभएका पनि होइनन् । तर, एउटा विकट र भौगोलिक जटिलताले गाँजेको ठाउँमा जन्मेको आदिवासी गुरुङको यो छोराले सिंगो देशको धर्म, संस्कृति, परम्परा रीतिरिवाज र राष्ट्रियतालाई जोड्न सगरमाथा टेलिभिजनलाई सधैँ उत्प्रेरित गरिरहेकै छु । खाई नखाई पेट काटेर, ऋणधन गरेर भए पनि स्वतन्त्र सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिका निर्वाह गर्न सगरमाथा टेलिभिजन कतिबद्ध रहिआएको छ । यति हुँदाहुँदै राज्यबाट प्रदान गरिने सहुलियत, विज्ञापन आदि दिने क्रममा सगरमाथा टेलिभिजनलाई अनदेखा गरिन्छ । गुट उपगुट र स्वार्थप्ररक व्यक्ति विशेषको पृष्ठपोषणमा नलागेकै कारण सगरमाथाले अनेकौं चुनौतीको सामना गर्न बाध्य भएको छ‌‌ ।”

राष्ट्र राष्ट्रियता र सुशासनको पक्षमा सधैभर अडिक रहने सगरमाथा टेलिभिजन समाचार सम्प्रेषण गर्ने नेपालको पहिलो न्युज च्यानल हो । टेलिभिनका अध्यक्ष निर्मल गुरुङले टेलिभिजनले निरन्तर अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाइने प्रतिबद्दता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights