२०८१ साउन १२ गते | 27th of July 2024

स्टकल्याण्डमा कोप–२६ सम्मेलनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

स्टकल्याण्डमा कोप–२६ सम्मेलनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १५ गते २:४३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति त्यहाँ पुगेका छन् ।

सोमबार र मंगलबार (यही नोभेम्बर १ र २) मा ग्लास्गोमा हुने कोप–२६ अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन त्यहाँ पुगेका हुन् ।

उनीले स्थानीय समयानुसार सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्दै साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् ।

मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् ।

सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुगेका थिए ।

प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights