२०८१ साउन १२ गते | 27th of July 2024

प्रदेश १ का मुख्यमन्त्री राईले लिए शपथ

प्रदेश १ का मुख्यमन्त्री राईले लिए शपथ
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १६ गते १०:४९

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।

उनीसँगै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमको शपथ लिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights