२०८१ साउन १२ गते | 27th of July 2024

नेपाल सम्बत मौलिक सम्बत होः ऊर्जा मन्त्री भुसाल

नेपाल सम्बत मौलिक सम्बत होः ऊर्जा मन्त्री भुसाल
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १९ गते १२:१३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताएकी छन् ।

शङ्खधर साख्वाले न्याय, समानता र भातृत्वमा आधारित आन्दोलन शुरु गरेको बताउँदै मन्त्री भुसालले नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताएकी हुन् ।

मन्त्री भुसालले गणतन्त्रस्थापन भएपछिको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा निर्णय गरेको बताइन् ।

आफू निरन्तर जनताको पक्षमा रहेको भन्दै जनताको चाहना बाहिर गएर कुनै पनि निर्णय नगर्ने स्पष्ट पारीन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights