२०८१ साउन १२ गते | 27th of July 2024

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २२ गते ८:५३

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह बस्नेगरी गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको हो ।

स्रोतका अनुसार बैठकमा राजदूत नियुक्ती, राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचन लगायत विषयमा छलफल हुनेछ ।

बैठकका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतालाई बोलाइएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो समय गठबन्धनको बैठक बस्न नसकेकोमा असन्तुष्टी जनाएका थिए ।

प्रधानमन्त्री देउवा बेलायत भ्रमणबाट फर्केपछि पहिलोपटक गठबन्धन बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights