२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २३ गते ८:५४

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् ।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्ली जानुभएको नेपाली सेनाका प्रवक्ता सन्तोश वल्लभ पौडेलले जानकारी दिएका छन् ।

भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भ्रमण दलमा प्रधान सेनापतिसहित नौं सदस्यीय टोली रहेको सेनाले जनाएको छ ।

प्रधान सेनापति शर्मालाई यही कार्तिक २४ गते बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधान सेनापति शर्माले भारतका उच्चपदस्थ पदाधिकारीहरुसँग भेट गर्ने कार्यक्रम तय भएको पनि नेपाली सेनाले जनाएको छ ।

शर्माले मंगलबार नै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

शर्माको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने पनि सेनाले जनाएको छ ।

शर्मा कार्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights