२०८१ साउन १२ गते | 27th of July 2024

अब कोभिड खोप लगाएको प्रमाणपत्र देखाएर मात्र भारत जान पाइने

अब कोभिड खोप लगाएको प्रमाणपत्र देखाएर मात्र भारत जान पाइने
Sanchar_np प्रकाशित: २०७८ मंसिर ७ गते १२:१६

काठमाडौं । नेपाल र भारतसरकारबीच कोभिड खोप प्र्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र स्वास्थ्य सचिव डा. रोशन पोखरेलबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीसंगै भारत र नेपाल मध्ये कुनै एक देशको कोरोना खोप प्रमाणपत्रले दुवै देशमा मान्यता पाउनेछ ।

अब दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिएर मात्रै आवतजावत गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights