२०८१ साउन १२ गते | 27th of July 2024

फ्रान्सबाट बेलायततर्फ गइरहेको डुङ्गा पल्टदा ३१ जनाको मृत्यु

फ्रान्सबाट बेलायततर्फ गइरहेको डुङ्गा पल्टदा ३१ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ मंसिर ९ गते ९:५७

एजेन्सी । फ्रान्सबाट बेलायततर्फ गइरहेको डुङ्गा पल्टदा ३१ जनाको मृत्यु भएको छ ।

उत्तरी बन्दरगाह क्यालेसमा डुङ्गा पल्टदा ३१ आप्रवासीको डुबेर मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएकाछन् ।

फ्रान्सेली गृह मन्त्रालयका अनुसार दुर्घटना भएको जानकारीपछि जहाज घटनास्थलमा पठाएर उद्धार गरिएको छ । धेरै मानिस पानीमा बेहोस अवस्थामा भेटिएको जनाइएको छ ।

अधिकारीहरूले खोजी अभियानमा तीन हेलिकप्टर र तीनवटा डुङ्गा परिचालन गरिएको बताएका छन् ।

फ्रान्सेली अधिकारीहरुका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म ३१ हजार ५ सय मानिसले बेलायत जाने प्रयास गरेका छन् । जसमध्ये ७ हजार ८ सय जनाको उद्धार गरिएको छ ।

यो संख्या अगस्टदेखि दोब्बर भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यस घटनाबाट आफू आतंकित भएको बताउँदै मानव तस्कर गर्ने गिरोहलाई रोक्न बेलायतले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights