२०८१ साउन १२ गते | 27th of July 2024

कीर्तिपुर नगरपालिमा कार्यलय समयअघि राष्ट्रिय गान गाउन अनिवार्य

कीर्तिपुर नगरपालिमा कार्यलय समयअघि राष्ट्रिय गान गाउन अनिवार्य
Sanchar_np प्रकाशित: २०७८ मंसिर ९ गते १२:३५

काठमाडौं । कीर्तिपुर नगरपालिकाले कार्यालय समय शुरु हुनु भन्दा पहिले राष्ट्रिय गान गाउने नियमको शुरुवात गरेको छ ।

कर्मचारीहरुलाई राखेर कार्यालय समय शुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने नियम शुरुवात गरेको हो ।

हरेक दिन कार्यालय समय शुरु हुनुपूर्व नेपाली र नेवारी राष्ट्रिय गान गाएर मात्रै काममा लाग्ने नियम बनाएर नगरपालिका अघि बढेको हो ।

राष्ट्रिय गान गाएर कार्यालयको काम गर्दा कर्मचारीहरुमा एक किसिमको जागरुकता आउने र समयमै कार्यालय सञ्चालन गर्न सकिने कुराको विकास हुने कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले बताएका छन् ।

उनले राष्ट्रिय गानसहित प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथाहरु पनि भन्ने गरेको बताए ।

नगरप्रमुख महर्जनले यस किसिमको कार्यक्रमले कर्मचारीहरुमा सचेतना बढेको र समय भन्दा ढिलो आउने समस्या हल भएको पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights