२०८१ साउन १२ गते | 27th of July 2024

गण्डकीमा थप २९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

गण्डकीमा थप २९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ मंसिर १४ गते ११:३४

कास्की । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भने २ जनाको मृत्यु भएको छ ।

३२१ जनामा गरिएको नमूना परीक्षणमा २९ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १६ महिला र १३ पुरुष रहेका छन् ।

१२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नबराज शर्माले जनाकारी दिए ।

उनका अनुसार कास्की ९,बागलुङ ८, म्याग्दी ८,पर्वतमा २ र नवलपरासी पूर्व २ जनामा संक्रमण देखिएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ९३६ पुगेको छ ।

गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१९ पुगेको छ ।

संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ३८१ पुगेको छ भने होम आइसोलेसनमा १३१ जना रहेका छन् । सक्रिय संक्रमितको संङख्या १७६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights