२०८१ साउन १२ गते | 27th of July 2024

बेलायतमा ३ सय ३६ जना ओमिक्रोन पुष्टी

बेलायतमा ३ सय ३६ जना ओमिक्रोन पुष्टी
Sanchar_np प्रकाशित: २०७८ मंसिर २१ गते ८:५२

एजेन्सी । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट समुदायमा स्तरमा फैलिएको बेलायती स्वास्थ्यमन्त्रीले बताएका छन ।

बेलायती संसदमा सम्बोधन गर्दै त्यहाँका स्वास्थ्यमन्त्री साजिद जाविदले ३ सय ३६ जना ओमिक्रोन संक्रमित पुष्टी भइसकेकोे जानकारी दिदै समयमा नियन्त्रण गर्न नसके त्यसले भयावह अवस्था ल्याउने बताएका छन ।

बेलायतमा ओमिक्रोन संक्रमितहरु अन्तर्राष्ट्रिय यात्रासंग सम्बन्धित नभएको पुष्टी गर्दै उनले इङल्याण्डमा २६१, स्कटल्याण्डमा ७१ र वेल्समा ४ जना संक्रमित फेला परेको जानकारी दिएका छन ।

ओमिक्रोन नियन्त्रणका लागि बेलायतले रेड लिष्टमा राखेका देशहरुमाथि यात्रा प्रतिबन्धलाई निरन्तरता दिने स्वास्थ्यमन्त्री जाविदले बताएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights