२०८१ साउन १२ गते | 27th of July 2024

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको रोमाञ्चक जित
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ६:१८

पाहुना टोली वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिज इंग्ल्यान्डले १–१ को बराबरीमा ल्याएको छ । ब्रिजटाउनमा सोमबार विहान भएको दोस्रो खेल इंग्ल्यान्डले एक रनले जित्दै सिरिजलाई बराबरीमा ल्याएको हो ।
जितका लागि चाहिएको १ सय ७२ रन पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ७० रन मात्र जोड्न सक्यो ।
अकिल होसेनले १६ बलमै अविजित ४४ रन बनाएपछि त्यो जितका लागि पर्याप्त भएन । रोमारियो शेफर्डले पनि २८ बलमा अविजित ४४ रन जोडे । होसेन र रोमारियोले नवौं विकेटका लागि अविजित ७२ रनको साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजमाथि रोमाञ्चक जित हात पार्न इंग्ल्यान्डका मोइन अलीले सर्वाधिक ३ विकेट लिए । आदिल रसिदले २ तथा रिसे टोप्ले र क्रिस जोर्डनले एक–एक विकेट हात पारे ।
यस अघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ७१ जोड्यो । इंग्ल्यान्डका लागि जासन रोयले सर्वाधिक ४५ रनको योगदान गरे । मोइन अलीले ३१ रन बनाए ।
वेस्ट इन्डिजका जासन होल्डर तथा फावियन अलेनले समान दुई–दुई विकेट हात पारे । सेल्डन कट्रेल, अकिल होसेन, काइरन पोलार्ड र रोमारियो शेफर्डले एक–एक विकेट लिए । यस अघि पहिलो खेल वेस्ट इन्डिजले ९ विकेटले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights