२०८१ साउन १२ गते | 27th of July 2024

आईपीएल दक्षिण अफ्रिकामा आयोजना गर्न प्रस्ताव

आईपीएल दक्षिण अफ्रिकामा आयोजना गर्न प्रस्ताव
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ८:२६

दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) दक्षिण अफ्रिकामा आयोजना गर्न भारतसमक्ष प्रस्ताव राखेको छ ।
बीसीसीआईले फेब्रुअरी २० तारिखमा आईपीएलका लागि खेल स्थलहरुको टुंगो लगाउने जनाएको छ । बीसीसीआईले भारतमै आयोजना गर्ने तयारी गरेपनि कोभिडका कारण युएई र दक्षिण अफ्रिकालाई विकल्पको रुपमा राखेको छ ।
तर दक्षिण अफ्रिकाले भने युएई भन्दा दक्षिण अफ्रिका खर्चका हिसाबले सस्तो पर्ने जनाएको छ । दक्षिण अफ्रिकाले होटल खर्चपनि युएई भन्दा सस्तो पर्ने जनाएको छ ।
आईपीएलको गत संस्करणको दोस्रो चरण युएईमा भएको थियो । बीसीसीआई र दक्षिण अफ्रिकाको बोर्डका पदाधिकारीहरुबीच त्यसका लागि छलफल समेत भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights