२०८१ साउन १२ गते | 27th of July 2024

कोरोना अपडेट : नेपालमा थप १२ हजार बढी संक्रमित, ८ को मृत्यु

कोरोना अपडेट : नेपालमा थप १२ हजार बढी संक्रमित, ८ को मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ११:१५

नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार १०३ जनाको पीसीआर परीक्षणमा ९ हजार ४३२ र ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ५७६ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३ हजार ४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब २ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights