२०८१ साउन १२ गते | 27th of July 2024

कति छन् आइसीयु र भेन्टिलेटरमा उपचारत संक्रमित ?

कति छन् आइसीयु र भेन्टिलेटरमा उपचारत संक्रमित ?
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते १२:०८

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा छ । केहिदिनयता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ ।
मंगलबार मात्रै ८ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशकर २४५ जना आइसियु र ४४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत् प्रदेश १ मा २६, मधेश प्रदेशमा ११, बागमती प्रदेशमा १६२, गण्डकी प्रदेशमा १९ जना उपचाररत रहेका छन्। यस्तै, लुम्बिनी प्रदेशमा २१, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिममा २ जना आइसीयुमा उपचाररत रहेका छन् ।
यस्तै प्रदेश १ मा ६, बागमति प्रदेशमा ३६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। गण्डकी र लुम्विनीमा एकएक जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights