२०८१ साउन १२ गते | 27th of July 2024

पुनरागमन जित निकाल्दै इगा स्विटेक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

पुनरागमन जित निकाल्दै इगा स्विटेक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ५:५६

नवौं वरियताकी पोलिस खेलाडी इगा स्विटेक अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेकी छन् । स्विटेकले मेलर्बनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा ११५ औं वरियताकी इस्टोनियन खेलाडी काया केनेपीमाथि २–१ सेटको रोमाञ्चक जित हात परेकी हुन् ।
पहिलो सेट ४–६ ले गुमाए पनि स्विटेकले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट ७–६ (७–२) र ६–३ ले आफ्नो पक्षमा सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।
स्विटेकले फाइनल प्रवेशका लागि अमेरिकी खेलाडी डेनियल कोलिन्सको सामना गर्नेछिन् । कोलिन्सले फ्रेन्च खेलाडी एलिज कोर्नेटलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights