२०८१ साउन १२ गते | 27th of July 2024

नालीमा खसेर भरतपुरमा एक जनाको मृत्यु

नालीमा खसेर भरतपुरमा एक जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ १२ गते ८:४९

भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी राजु विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आज बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार विकलाई साइकलसहित स्थानीयवासीले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights