२०८१ साउन १२ गते | 27th of July 2024

१२ हजार थान नक्कली मास्कसहित काठमाण्डौबाट ४ जना पक्राउ

१२ हजार थान नक्कली मास्कसहित काठमाण्डौबाट ४ जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते ११:०४

१२ हजार थान नक्कली मास्कसहित काठमाण्डौबाट चार जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाको विभिन्न ठाउँमा अमेरिकन ब्रान्ड ‘थ्री एम’ मास्कको लोगो प्रयोग भएको नक्कली मास्क बिक्री÷वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टरप्राइजेज र अनसेट सप्लायर्समा छापा मारेर चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भएका महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक बुद्धिबहादुर कार्की, भोटेबहाल बस्ने श्रयान्स लावती, सङ्खुवासभाको सभापोखरी घर भइ सातदोबाटो बस्ने मुक्तिप्रसाद पोखरेल र भारतको राजस्थानका यश अग्रवाल रहेका छन् ।
बरामद मास्कसहित उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights