२०८१ साउन १२ गते | 27th of July 2024

अफ्रिदीलाई कोरोना संक्रमण

अफ्रिदीलाई कोरोना संक्रमण
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते ११:२४

पाकिस्तान क्रिकेट टोलीका पूर्वअलराउन्डर साहिद अफ्रिदीलाई कोरोना संक्रमण भएको छ । बुधबार गरिएको परीक्षणको रिपोर्ट पोजिटिभ आएको पाकिस्तान सुपर लिग (पीएसएल)को फ्रेन्चाइजी टोली क्वेटा ग्लाडियटर्सले जनाएको छ ।
पीएसएलमा उनी ग्लाडियटर्सलाई प्रतिनिधित्व गर्नेछन् । ग्लाडियटर्सले जनाए अनुसार अफ्रिदी होम क्वारेन्टाइनमा बस्नेछन् । एक सातापछि रिपोर्ट नेगेटिभ आए उनी पुन टोलीमा आवद्ध हुने जनाएको छ ।
अफ्रिकीले गत वर्ष काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिग काठमाडौं किंग्स–११ बाट खेलेका थिए । अफ्रिदी काठमाडौं किंग्स् ११ बाट दुईवटा खेल खेल्ने गरी नेपाल आएका थिए तर, एक खेल मात्रै खेलेका थिए ।


ईपीएलको पहिलो खेलमा काठमाडौंबाट मैदानमा उत्रिएका उनले विकेट लिन सकेनन् । काठमाडौंले सो खेलमा ललितपुर पेट्रियट्समाथि ७ विकेटको शानदार जित हासिल गरेको थियो । यस्तै, अर्को खेल मैदान भिजेको कारण सम्भव नभएपछि अफ्रिदीले नेपालमा आएर जम्मा एक खेलमा सहभागिताको मौका पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights