२०८१ साउन १२ गते | 27th of July 2024

चर्चित व्यक्तिको इन्स्टाग्राम र कम्पनी ह्याक गरी फिरौती माग्दै ह्याकर

चर्चित व्यक्तिको इन्स्टाग्राम र कम्पनी ह्याक गरी फिरौती माग्दै ह्याकर
Sanchar_np प्रकाशित: २०७८ माघ १३ गते १२:०१

पछिल्लो समय ह्याकरहरूले कम्पनी तथा प्रभावशाली व्यक्तिहरूको इन्स्टाग्राम अकाउन्ट ह्याक गर्दै ¥यानसम माग्ने गरेको पाइएको छ । साइबर सेक्युरिटी कम्पनी सेक्युरवर्क नामक कम्पनीले गरेको एक अध्ययनले इन्स्टाग्राम अकाउन्टमाथि पहुँच बनाई फिरौती माग्ने घटना बढ्दो रहेको निष्कर्ष निकालेको हो ।
सो अध्ययन अनुसार यस्तो खालको फिशिङ गएको अक्टोबरदेखि फेला परेको थियो । जसमा कम्पनी तथा प्रभावशाली व्यक्तिहरूको इन्स्टाग्राम अकाउन्ट कब्जामा लिई उनीहरूसँग फिरौतीका रुपमा ¥यानसम माग गर्ने गरिएको छ ।
यसका लागि ह्याकरले प्रयोगकर्तालाई लिंक सहितको म्यासेज पठाउने गरेको भेटिएको छ । सुरुमा प्रयोगकर्तालाई कपिराइटसँग सम्बन्धित म्यासेज पठाउने र त्यसमा उपलब्ध हुने लिंकमार्फत प्रयोगकर्तालाई ह्याकरको नियन्त्रणमा रहेको वेबसाइटमा पु¥याउने गरेका छन् ।
उक्त वेबसाइट प्रयोगकर्तालाई युजर नेम र पासवर्ड राखेर लगइन गर्न लगाउने र त्यसैबाट अकाउन्टमा एक्सेस गर्ने गरेको पाइएको छ ।
यसरी अकाउन्ट आफ्नो पहुँचमा आइसकेसँगै उनीहरूले अकाउन्टको पासवर्ड र युजरनेम परिवर्तन गरी अकाउन्ट आफ्नो नियन्त्रणमा राख्ने गरेका छन् ।
त्यसपछि सोही अकाउन्टमा उपलब्ध गराइएको मोबाइल नम्बरमा फोन तथा कल गरी फिरौतीका लागि ¥यानसमका लागि बार्गेनिङ गर्ने गरेको पाइएको हो ।
यसरी सन् २०२१ मा मात्रै धेरै संख्यामा कम्पनी तथा प्रभावशाली व्यक्तिहरूको अकाउन्ट ह्याक भएको जनाइएको छ । यदि बार्गेनिङ नभएको अवस्थामा त्यस्ता अकाउन्ट अन्यलाई बिक्री गर्ने गरेको जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights