२०८१ साउन १२ गते | 27th of July 2024

स्थानिय निर्वाचनबारे गठबन्धनका शीर्ष तीन नेताबीच छलफल

स्थानिय निर्वाचनबारे गठबन्धनका शीर्ष तीन नेताबीच छलफल
Sanchar_np प्रकाशित: २०७८ माघ १४ गते ६:४४

सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।
निर्वाचन आयोगले आगामी वैशाख १४–२२ गते स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गर्न दलहरूलाई दबाब दिइरहेका बेला सत्ता गठबन्धनका तीन नेताबीच छलफल भएको हो ।
राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई समयमै स्थानिय तहको निर्वाचन गर्न सल्लाह दिएकी थिइन् । प्रधानमन्त्रीले भने राष्ट्रपतिको सल्लाहलाई दवावका रुपमा लिएका छन् ।
यता सत्ता गठबन्धनले भने स्थानिय निर्वाचन सम्बन्धी ऐन बाझिएको भन्दै निर्वाचन सार्ने तयारी गरेका छन् । ऐन २०७३ मा कार्यकाल सकिन दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ । ्
तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई तोडमोड गरेर संविधानअनुसार बनाउने तयारी गरिरहेका छन् ।
सत्ता गठबन्धनले निर्वाचन सार्ने तयारी गरिरहँदा स्थानिय निर्वाचन समयमै हुनुपर्ने चौतर्फी दवाब बढेको छ । प्रमुख प्रतिपक्षी दल एमालेसहित कांग्रेसमै पनि स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने आवाज प्रबल बन्दै गएको छ । यता प्रधानमन्त्ती देउवा पनि यसबारे सकाराक्तम छन् तर स्थानिय निर्वाचन बैशाखमै गर्दा गठबन्धन भत्किने डर उनमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights