२०८१ साउन १२ गते | 27th of July 2024

एउटै घरमा १२४ वटा सर्प छिरेपछि….

एउटै घरमा १२४ वटा सर्प छिरेपछि….
Sanchar_np प्रकाशित: २०७८ माघ १४ गते ११:३९

अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एक व्यक्तिको घरमा १२४ वटा सर्पले आक्रमण गरेका छन् । सर्पको आक्रमणपछि उक्त व्यक्तिको शव प्रहरीले बरामद गरेको छ । यो डरलाग्दो रहस्य देखेर स्थानीयबासी त्रसित बनेका थिए । संसारमा यस प्रकारको घटना पहिलोपटक घटेको हो । जसमा सर्पले यति ठूलो संख्यामा आक्रमण गरेको हो ।
मिडिया रिपोर्टका अनुसार यो हृदयविदारक रहस्य अमेरिकाको मेरिल्यान्डबाट बाहिर आएको हो । उक्त घरमा ४९ वर्षका एकजना मानिस बस्थे, जनवरी १९ गतेको साँझ सयौँ सर्पले उनलाई आक्रमण गरेका थिए । रिपोर्टका अनुसार वरपरका मानिसहरूले उक्त व्यक्ति लामो समयसम्म निदाएपछि प्रहरीलाई खबर गरेका हुन ।
प्रहरीले घरको ढोका खोल्दा उनीहरूको होस उड्यो । कारण, ती व्यक्ति भुइँमा मृतअवस्थामा लडिरहेका थिए र उनको वरपर सर्पहरू घुमिरहेका थिए ।
अमेरिकामा यति ठूलो संख्यामा सर्प भेटिएको घटना यो पहिलो हो । अचम्मको कुरा त छिमेकीलाई यसबारे जानकारी नै थिएन ।
वरपरका मानिसहरू यो निकै भयानक रहस्य रहेको बताए । सूचना पाएपछि प्रहरी उक्त व्यक्तिको घरमा पुग्यो ।
प्रहरीका अनुसार प्रहरी आइपुग्नुअघि नै उनको मुत्यु भइसकेको थियो । त्यसपछि शव पोस्टमार्टमका लागि पठाइएको थियो ।
प्रहरीका अनुसार उक्त घरबाट एक सय २४ वटा सर्प समातिएको थियो । तीमध्ये केही विषालु सर्प पनि थिए । उक्त घरमा अजिंगर पनि थियो । यी सबै सर्प व्यक्तिको घरभित्र मात्रै थिएनन् ।
घरको वरिपरी पनि घुमिरहेका थिए । घरभित्रबाट १४ फिट लामो बर्मी अजिंगर पनि फेला परेको प्रहरीले जनाएको छ । चाल्र्स काउन्टी एनिमल कन्ट्रोलले सबै सर्पहरु समातेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights