२०८१ साउन १२ गते | 27th of July 2024

विश्वमा कोरोना : कुल ३७ करोड भन्दा बढी मानिस संक्रमित

विश्वमा कोरोना : कुल ३७ करोड भन्दा बढी मानिस संक्रमित
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ६:१४

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले हाल विश्वमा ३७ करोड ४३ हजार जना मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ३२ लाख ७६ हजार जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।
जसमध्ये २९ करोड २२ लाख कोरोना संक्रमित निको भएका छन् । त्यस्तै गत २४ घण्टामा थप २१ लाख ९२ हजार कोरोना मुक्त भएका छन् । सोही अवधिमा ९ हजार ६ सय जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५६ लाख ६६ हजार भन्दा बढी रहेको छ । हाल विश्वभर ७ करोड २० लाख सक्रिय सङ्क्रमित रहेकामा ९५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।
नेपालमा भने केही दिनयता संक्रमणदर घट्दै गएको छ । गत २४ घण्टामा थप ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल नेपालमा १० लाख ६८ हजार ९ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६ सय ९७ पुगेको छ । नेपालमा ८ लाख ४२ हजार ४ सय ३६ जना मानिस संक्रमण मुक्त भएका छन् । त्यस्तै, हाल ८९ हजार ९ सय ४१ जना संक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights