२०८१ साउन १२ गते | 27th of July 2024

कतारमा कोभिड–१९ को तेस्रो लहरले चरम सीमा पार गर्दै

कतारमा कोभिड–१९ को तेस्रो लहरले चरम सीमा पार गर्दै
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते ७:५१

कतारमा कोभिड–१९ को तेस्रो लहरले चरम सीमा पार गरेको जनस्वास्थ्य मन्त्रालयले बताएको छ । ‘तथ्यांकले देखाएको छ कि हामी यो तेस्रो लहरको चरम सीमामा पुगेका छौं । किनकि दैनिक संक्रमित केसहरूको संख्या घट्दै गइरहेको छ’, मन्त्रालयले भनेको छ ।
सरकारी प्रतिबन्ध र जनस्वास्थ्यको मापदण्ड पालना गर्न समुदायको समर्थनका साथै उच्च खोप दरले दैनिक संक्रमितको केस घट्न महत्त्वपूर्ण भूमिका खेलेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कतारमा भाइरस अझै पनि फैलिरहेकाले मानिसहरूले सावधानीपूर्वक कार्य गर्न र प्रतिबन्ध तथा रोकथामका उपायहरू पालना गर्न जारी राख्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म कतारमा ३ लाख ३४ हजार ५४३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ६४१ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
कतारमा ७८.३३ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights