२०८१ साउन १२ गते | 27th of July 2024

सन्दीप, आरिफ र जीतेन्द्रलाई कोरोना संक्रमण

सन्दीप, आरिफ र जीतेन्द्रलाई कोरोना संक्रमण
Sanchar_np प्रकाशित: २०७८ माघ १५ गते १०:१५

आईसीसी टी २० विश्वकप क्रिकेटका लागि ग्लोबल क्वालिफायरका लागि बन्द प्रशिक्षणमा रहेका थप ३ जना खेलाडीलाइ कोरोना संक्रमण भएको छ ।
राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने, जितेन्द्र मुखिया र आरिफ शेखलाई कोरोना संक्रमण भएको जनाइएको छ । त्रिवि क्रिकेट मैदानमा नियमित प्रशिक्षणका लागि जान गरेको पीसीआर परिक्षणमा सन्दीपलाई कोरोना पोजेटिभ देखिएको हो ।
हालै अस्ट्रेलियामा भएको विगा ब्यास लिग खेलेर सन्दीप नेपाल फर्किएका थिए । कोरोना संक्रमण पछि तीन जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको र उनीहरु आईसोलेशनमा रहेका छन् । यसअघि पनि प्रशिक्षणमा रहेका ४ जनालाई कोरोना देखिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights