२०८१ साउन १२ गते | 27th of July 2024

बार्टीलाई अष्ट्रेलियन ओपनको उपाधि

बार्टीलाई अष्ट्रेलियन ओपनको उपाधि
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ५:२५

विश्व नम्बर एक अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छिन् । मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी टेनिस खेलाडी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन् ।
उपाधि जित्ने क्रममा बार्टीले कोलिन्सलाई ६–३ र ७–६ (७–२) ले पराजित गरिन् । अष्ट्रेलियन बार्टीले पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् ।

यस्तै बार्टी १९७८ पछि अष्ट्रेलियन ओपन जित्ने अष्ट्रेलियाकी पहिलो महिला खेलाडी बनेकी छिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights