२०८१ साउन १२ गते | 27th of July 2024

एनसीसी बैंकको ७ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एनसीसी बैंकको ७ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ६:०८

एनसीसी बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख ५९ हजार ३७२ कित्ता सेयर बिक्री गर्ने भएका छन् । जसमा संस्थापक सेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोध प्रसाद त्रिपाठीले १ लाख ८ हजार, मेनका लामाले १ लाख ४ हजार १०६, दिपक लामाले, ९५ हजार ७६७ र कैलाश प्रतीन्द्र अमात्यले ८७ हजार ३३५ कित्ता बिक्रीमा ल्याएका हुन् ।
त्यसैगरि, अम्बर बहादुर तामाङले ४१ हजार ४३, गिरीराज शर्मा संग्रौलाले १४ हजार २१ र पवन सिंह भन्डारीले १ हजार कित्ता बिक्रीमा ल्याएका हुन् । यसमा, एनसीसीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र एनसीसी बैंकको बागबजार काठमाडौंमा रहेको सेयर बिभाग कार्यालयमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights