२०८१ साउन १२ गते | 27th of July 2024

पृथ्वीमा फेरि अर्को संकट – नासा

पृथ्वीमा फेरि अर्को संकट – नासा
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ७:४६

लामो समयदेखि क्षुद्रग्रह अर्थात् एस्टेरोइडलाई पृथ्वीका लागि खतरा मानिन्छ । वैज्ञानिकहरुका अनुसार यदि उक्त क्षुद्रग्रह पृथ्वीसँग ठोक्कियो भने ठूलो विपत्ति आउन सक्छ ।
भनिन्छ, एक पटक ठूला क्षुद्रग्रह पृथ्वीसँग ठोक्किएपछि मात्रै पृथ्वीबाट डायनासोरहरू नामेट भएका थिए । अब फेरि एक पटक विशाल क्षुद्रग्रह पृथ्वीमा ठोक्किने खतरा देखिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसबारे चेतावनी दिएको छ ।
नासाले फेब्रुअरी ११ तारिखमा पृथ्वीको नजिकबाट एउटा क्षुद्रग्रह जाने बताएको छ । यदि यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्कियो भने ठूलो विनाश हुन सक्छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसअघि नै नयाँ वर्ष २०२२ मा धेरै विशाल क्षुद्रग्रहहरू पृथ्वीको नजिकबाट जाने बताएको थियो । नासाका अनुसार फेब्रुअरी ११ मा पृथ्वीबाट गुज्रिएको क्षुद्रग्रह एम्पायर स्टेट बिल्डिङभन्दा धेरै ठूलो छ । यो दुई सातापछि पृथ्वीको नजिक पुग्नेछ ।
वैज्ञानिकहरूले यस विशाल क्षुद्रग्रहलाई १३८९७१ (२००१ सीबी२१) नाम दिएका छन् । यसबाहेक नासाले यसलाई सम्भावित खतरामा समावेश गरेको छ । यो ४ हजार २६५ फिट चौडा छ ।


नासाले यो क्षुद्रग्रहलाई पृथ्वी नजिकको क्षुद्रग्रहहरूको सूचीमा समावेश गरेको छ । यो पृथ्वीबाट तीन लाख माइल टाढाबाट जानेछ । यो पहिलो पटक २१ फेब्रुअरी १९०० मा देखिएको थियो । त्यसबेलादेखि, यो हरेक वर्ष सौर्यमण्डल हुँदै जाने गरेको थियो ।
यो क्षुद्रग्रह अन्तिम पटक १८ फेब्रुअरी २०२१ मा देखिएको थियो । यो सन् २०११ र २०१९ मा पनि देखिएको थियो । यो कहाँबाट जान्छ भन्ने जानकारी नासाले दिएको छैन । तर, फेब्रुअरी ११ र त्यसपछि २४ अप्रिलमा पृथ्वीको नजिकबाट जाने बताइएको छ ।


यसपछि यो क्षुद्रग्रह जनवरी २०२४ मा देखिने नासाले जनाएको छ । त्यसपछि जुन र डिसेम्बरमा देखा पर्नेछ । नासाको अनुमानअनुसार यो क्षुद्रग्रह ११ अक्टोबर २१९४ सम्म पृथ्वीको नजिकबाट गुज्रनेछ ।
यदि क्षुद्रग्रहको बाटोमा अलिकति मात्रै पनि परिवर्तन भयो भने त्यो पृथ्वीका लागि खतरनाक सावित हुन सक्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights