२०८१ साउन १२ गते | 27th of July 2024

सुनसरीको दुहबीबाट लागुऔषधसहित तीन युवक पक्राउ

सुनसरीको दुहबीबाट लागुऔषधसहित तीन युवक पक्राउ
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ८:०७

सुनसरीको दुहबी नगरपालिका–५ दुहबीस्थितबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय सूर्य घिमिरे, २३ वर्षीय नवराज लिम्बु र ईटहरी–१७ का २० वर्षीय विमल के.सी. रहेका छन् ।
शनिबार बेलुका ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनीहरूलाई लागुऔषध स्पाज्मो प्रोक्सीभन ३२ ट्याब्लेट र नाइट्रोजेन ५० ट्याब्लेटसहित पक्राउ गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights