२०८१ साउन १२ गते | 27th of July 2024

बालकुमारी मन्दिरबाट चोरिएको मूर्तिबारे सुराक दिनेलाई ५ लाख पुरस्कार

बालकुमारी मन्दिरबाट चोरिएको मूर्तिबारे सुराक दिनेलाई ५ लाख पुरस्कार
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ८:३६

ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । बालकुमारी भवानी गुठीले सूचना जारी गर्दै हराएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ कम नहुने गरी पुरस्कार दिने घोषणा गरेको हो ।
पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति ८ माघमा चोरी भएको थियो । मन्दिरका पुजारीहरुले बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए, त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।
गुठीले जारी गरेको विज्ञप्तिमा ‘सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको परिचय गोप्य राखिने’ पनि भनिएको छ । मूर्तिबारे कुनै सूचना भए मोबाइल नम्बर ९८८१२१७७८६ मा सम्पर्क गर्न भनिएको छ ।
स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरी भएको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेल चाहिँ मूर्ति चोरी गर्नेको खोजी भइरहेको बताउँछन् ।
प्रहरी घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली नै बनाएर मूर्तिको खोजी गरिरहेको छ । प्राविधिक जाँचबुझमा पोक्त अधिकृतहरुसहितको टोली गठन गरेर मूर्तिको खोजी भइरहेको पोखरेलले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights