२०८१ साउन १२ गते | 27th of July 2024

आज ६९ औँ विश्व कुष्ठ रोग दिवस

आज ६९ औँ विश्व कुष्ठ रोग दिवस
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ९:५३

आज ६९ औँ विश्व कुष्ठ रोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । कोरोना संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रमहरू नगरिए पनि स्वास्थ्यसम्बद्ध निकायहरूले सामान्य रूपमा सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाएका हुन् ।
‘शून्य कुष्ठ रोगका लागि हाम्रो प्रतिबद्धता, आत्म सम्मानका लागि ऐक्यवद्धता’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइएको छ ।
कुष्ठ रोग दिवस सन् १९५४ देखि विश्वभर मनाउन थालिएको हो । जनवरी महिनाको अन्तिम आइतबारका विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । सन् २०१० मा नेपाललाई कुष्ठ रोग निवारण भएको मुलुक घोषणा गरिएको थियो ।
तर, पनि नयाँ बिरामी देखिने क्रम रोकिएको छैन । नेपालमा हरेक वर्ष करिब तीन हजार बिरामी थपिने गरेको सरकारी तथ्यांक छ ।
कुष्ठ रोगको समयमै उपचार हुन नसके रोगीहरू अपाङ्ताको शिकार हुने र ज्यानसमेत जाने जोखिम हुन्छ । समयमै उपचार गराए यो रोग पूर्ण रूपमा निको हुन्छ । तर, रोग लुकाउने र घरपरिवारले पनि घरमा कोही कुष्ठ रोगी भएको बताउन नचाहने सोचका कारण पनि उल्मूलनमा बाधा उत्पन्न हुँदै आएको छ ।
शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखा पर्नु, विस्तारै दागमा रौँ झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षण हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights