२०८१ साउन १२ गते | 27th of July 2024

अल्लु अर्जुनको तारिफ गर्दै अनुपम खेरले भने– ‘तिमी एक रकस्टार हौ’

अल्लु अर्जुनको तारिफ गर्दै अनुपम खेरले भने– ‘तिमी एक रकस्टार हौ’
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते १०:५१

दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा राम्रो कमाई गर्यो । कमाईका कारण मात्र होइन अल्लु अर्जुनको अभिनयका कारण पनि ‘पुष्पा’को चर्चा सेलाएको छैन ।
पुष्पा र अल्लु अर्जुनको प्रशंषा गर्ने सूचीमा पछिल्लो पटक जोडिएका छन् वलिउड अभिनेता अनुपम खेर ।
अनुपम खेरले ट्वीटरमा अल्लु अर्जुनको निकै प्रशंषा गरेका छन् । ‘पुष्पा हेरें । सहि अर्थमा एक ब्लकबस्टर फिल्म रहेछ । लार्जर देन लाइफ, जोशले भरिएको । डियर अल्लु, तिमी एक रकस्टार हौ । तिम्रो हरेक एटिच्युड मनपर्यो । तिमीसँग काम गर्न आतुर छु । पुरै टिमलाई धेरै धेरै शुभकामना,’ अनुपम खेरले लेखेका छन् ।
अनुपम खेरले ट्वीटरमा प्रशंषा गरेपछि अल्लु अर्जुन पनि नलेखी बस्न सकेनन् । उनले तुरुन्तै अनुपम खेरलाई जवाफ दिएका छन् ।
‘अनुपम जी, तपाईबाट यस्तो तारिफ सुन्न पाउनु मेरो अहोभाग्य हो । तपाईसँग काम गर्न म पनि आतुर छु,’ अल्लु अर्जुनले भनेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights