२०८१ साउन १२ गते | 27th of July 2024

रोहित आबद्द पर्सिजा पराजित

रोहित आबद्द पर्सिजा पराजित
Sanchar_np प्रकाशित: २०७८ माघ १६ गते ११:५५

नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले ईन्डोनेसियाको लिग वान फुटबलमा पराजित भएको छ । आइतबार भएको खेलमा पर्सिजा पुछारको पेर्सिराजा बन्दासँग १–० गोल अन्तरले पराजित भएको हो ।
पेर्सिराजालाई जित दिलाउन भीभी अस्रिजालले ६७ औं मिनेटमा निर्णायक गोल गरे । यस्तै खेलको ८२ औं मिनेटमा पर्सिजाका टोनी सुसिप्टोले पेनाल्टीमा गोल गर्न सकेनन् ।
पेर्सिराजाविरुद्ध रोहितले पुरै समय मैदानमा बिताएका थिए । यस हारसँगै पर्सिजाले २२ खेलमा ३२ अंक जोडेको छ । पर्सिजा लिगको छैटौं स्थानमा रहेको छ ।
पेर्सिराजा ११ अंक जोडेर पुछारमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights