२०८१ साउन १२ गते | 27th of July 2024

एरिक्सन प्रिमियर लिग फर्कने पक्का

एरिक्सन प्रिमियर लिग फर्कने पक्का
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ७:३३

डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग फर्कने पक्का भएको छ । प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले एरिक्सनलाई अनुबन्ध गर्ने पक्का भएको छ ।
ब्रेन्टफोर्डले एरिक्सनलाई ६ महिनाको लागि अनुबन्ध गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ । एरिक्सनको मेडिकल समेत पूरा भएको बताईएको छ ।
एरिक्सन सन् २०२० मा टोटेनहमबाट इन्टर मिलान गएका थिए । तर, २९ वर्षीय एरिक्सनले युरोकप फुटबल दौरान भएको हृदयघातपछि फुटबल खेलेका छैनन् ।
उनले हालै इटालियन क्लब इन्टरसँगको सम्झौता रद्द गरेका थिए ।
मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) नहटाएसम्म इटालीमा खेल्न नपाउने भएपछि एरिक्सन र इन्टरले सम्झौता रद्द गरेको हो ।
हृदयघात भएपछि डेनमार्कका मिडफिल्डर एरिक्सनको शरीरमा आइसिडी जडान गरिएको छ । युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए ।
मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।
पछिल्लो समय उनी डच क्लब आयाक्सको रिजर्भ टिमसँग प्रशिक्षण गरिरहेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights